भक्तपुरमा भोलि कोरा साइकलिङ च्यालेन्जको तेश्रो संस्करण हुने

साइकल यात्रीहरूले ५०, ७५ र १०० किमीको तीनवटा रूट परिक्रमा गर्ने

भक्तपुरमा भोलि कोरा साइकलिङ च्यालेन्जको तेश्रो संस्करण हुने : Icon Khabar

भक्तपुर, असार २९ । नेपालको सबैभन्दा लोकप्रिय साइकलिङ कार्यक्रम कोरा साइकलिङ च्यालेन्ज अन्तर्गत भोलि शनिबार भक्तपुरमा तेश्रो संस्करण हुने भएको छ। कोरा अर्थात तिब्बती संस्कृतिमा कुनै धार्मिक स्थलको परिक्रमा लगाउने कार्य हो।

भक्तपुरमा साइकल कनेक्ट भक्तपुरको आयोजनामा सन् २०२१ देखि कोरा साइकलिङ च्यालेन्ज शुरू भएको हो। साइकल कनेक्ट भक्तपुरकै आयोजना मा भोलि शनिबार “भक्तपुर कोरा २०२३” को आयोजना हुने भएको छ।

भोलिको साइकल च्यालेन्जमा भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० किमीको तीनवटा रूटमा साइकल यात्रीहरूले परिक्रमा गर्ने भएको छ। आयोजकले दिएको जानकारी अनुसार भोलिका लागि अहिलेसम्म ५१० जनाले भक्तपुर कोराको लागि नाम दर्ता गरिसकेका छन्।

गाडी केन्द्रित विकास मोडल भन्दा मानव केन्द्रित विकास मोडल “ पैदल र पेडल मैत्री शहर” को अवधारणाको निम्ति पनि यो कार्यक्रम एक महत्वपुर्ण कोशेढुंगाको रूपमा उभिने आयोजकले विश्वास गरेको छ।

कार्यक्रममा रेडक्रस भक्तपुर, भक्तपुर जेसिस, जुनियर जेसिस भक्तपुर, लियो क्लब अफ सूर्यविनायक, लियो क्लबको बनेपा काभ्रे, रोटर्याक्ट क्लब अफ भक्तपुर, रोटर्याक्ट क्लब मध्यपुर थिमी, इन्जिनियरिङ स्टुडेन्ट्स ग्रुप अफ भक्तपुर, साइकलिङ मैंचा टिम, डक्टर्स सोसाइटी भक्तपुरका साथै विभिन्न स्थानका स्थानीय युवाहरूले स्वयंसेवीको रूपमा सहयोग गर्ने बताइएको छ।

त्यसैगरी भिलेज हाइल्यान्ड रिसोर्ट, रानीकोट, नेपाल इको प्यानेल, गणेश इलेक्ट्रिक सेन्टर, डेकोर डिजाइनर्स कन्स्ट्रक्सन, एसके हार्डवेयर, अनमोल ज्वेलर्स, हेभन हिल रिसोर्ट, रत्नागीरी रिसोर्ट, फन्की हिल रिसोर्ट, कमलविनायक पोलिक्लिनिक नेपाल इन्जिनियरिङ कलेज,, केटिएम बिल्डर्स, विजय पदम ज्यासः, जुरल कानूनी सेवा, त्याम्स आर्ट, श्याम मोटरसाइकल वर्कसप, भक्तपुर न्याचुरल ड्रिंकिङ वाटर, देशेमरू कन्स्ट्रक्सन, किङ्स कफी एण्ड क्याफे, एसआर बिल्डर्स, आई ट्रेक नेपाल, साख मार्ट, अलिना ह्यान्डीक्राफ्ट, अक्वा ख्वप,जेरो वान स्टुडियो, फोपाल स्टुडियो, ह्वाइट फ्लावर इनर्जी, शक्ति बेकरी,साकार फिड प्रडक्ट, टेल जी सुर्यविनायक, एडभन्चर हन्ट, ह्यास वान गेयर्स एण्ड एडभेन्चर, बाइक फार्म, प्याङ्क बाइक, यम्मी स्वायर, सैंजु जुजु धौ, क्वीक डिजिटल, नेपा म्यजिक, स्टुडियो ट्राइटोन, ख्वप छेंले कार्यक्रम सफल बनाउन सहयोग गरेको जनाइएको छ।

साथै भोलिको साइकल च्यालेन्जका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, चांगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका जिल्ला प्रहरी कार्यालय भक्तपुर, ट्राफिक कार्यालय भक्तपुरले पनि सहयोग गर्ने बताइएको छ।

साइकल यात्रा कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टिका बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले गरिने जनाइएको छ। भोलि बिहान ६ बजे बाट भक्तपुर दरबार स्क्वायरमा भेला भएर साइकल यात्रा सुरू हुने र भक्तपुर दरबार स्वायरबाट बालाखु गणेश, त्रिपुरासुन्दरी, चोंछे, भोलाछें, महालक्ष्मी, थालाछें, सलागणेश, दत्तात्रय, गोल्मढी, तःमारी, भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपश्चात सिद्धपोखरी, चोंगा गणेश, नयाँ थिमी, बालकुमारी, बाहाखा बजार, बोडे, निलबाराही, बेशीगाँउ, चाङगुनारायण,त्रिशुल डाँडा, तेलकोट, नगरकोट, ल्हासापाके महामञ्जुश्री, खावा, नाला गुम्बा, भंगाल, लटलम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमी हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिने जनाइएको छ।

सफलता पुर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिने र साइकल च्यालेन्ज पश्चात नाम दर्ताको दौरान सहभागीहरूले टर्की तथा सिरियाको भुकम्प पिडीतको सहयोगार्थ उठाएर जम्मा गरेको रकम कोरा काठमाडौंका मुख्य आयोजक मार्फत हस्तानतरन गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 14 July 2023
Website | + posts