परराष्ट्रमन्त्री साउदसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेटवार्ता, एमसीसी कार्यान्वयनबारे छलफल

परराष्ट्रमन्त्री साउदसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेटवार्ता, एमसीसी कार्यान्वयनबारे छलफल : Icon Khabar

काठमाडौं, असार २९ । अमेरिकाका लागि दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री साउदसँग आज (शुक्रबार) अपराह्न मन्त्रालयमा भएको भेटवार्ताका क्रममा लुले एमसीसी कार्यान्वयनबारे छलफल गरेको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । यसअघि विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग