पुलिसको लगातार तेस्रो जित

पुलिसको लगातार तेस्रो जित : Icon Khabar

काठमाडौँ, असार २६ । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेकोछ । पुलिसले दावाली मिलनमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले २५-२१, २५-१९ र २५-१७ को सेटले विजयी भयो । लगातार चार हारसँगै दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ । पुलिसविरुद्ध राम्रो प्रदर्शन गरेपनि कुनैपनि सेट जित्न सकेन ।

पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ र सैलुङ बागढुङ्गालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । उता दावाली मिलन एपिएफ, आर्मी र टिपटप हेल्प नेपालसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

आजको दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेशबीच दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम खेल साँझ ६ बजे एपिएफ र सैलुङबीच प्रतिस्पर्धा हुनेछ । आर्मी ३ खेलमा ९ अंकका साथ शीर्षस्थानमा छ । नेपाल पुलिस क्लब ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाल एपिएफ क्लब २ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । टिपटप हेल्प नेपाल २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । गण्डकी ३ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । दावाली ४ र सैलुङ ३ खेलमा जित विहीन हुँदै छैटौं र सातौं स्थानमा छन् ।

Published Date: 11 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु