पुलिसको लगातार तेस्रो जित

पुलिसको लगातार तेस्रो जित : Icon Khabar

काठमाडौँ, असार २६ । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेकोछ । पुलिसले दावाली मिलनमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले २५-२१, २५-१९ र २५-१७ को सेटले विजयी भयो । लगातार चार हारसँगै दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ । पुलिसविरुद्ध राम्रो प्रदर्शन गरेपनि कुनैपनि सेट जित्न सकेन ।

पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ र सैलुङ बागढुङ्गालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । उता दावाली मिलन एपिएफ, आर्मी र टिपटप हेल्प नेपालसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

आजको दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेशबीच दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम खेल साँझ ६ बजे एपिएफ र सैलुङबीच प्रतिस्पर्धा हुनेछ । आर्मी ३ खेलमा ९ अंकका साथ शीर्षस्थानमा छ । नेपाल पुलिस क्लब ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाल एपिएफ क्लब २ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । टिपटप हेल्प नेपाल २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । गण्डकी ३ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । दावाली ४ र सैलुङ ३ खेलमा जित विहीन हुँदै छैटौं र सातौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट