नेपालको वरियता घट्यो

नेपालको वरियता घट्यो : Icon Khabar

काठमाडौँ, असार २६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालको एक स्थान घटेको छ । आइसिसीले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किदै १५ औं स्थाानमा पुगेको छ ।

नेपाल अघि नेदरल्यान्ड्स छ । विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।

नामिबिया १६ औं, अमेरिका १७ औं, ओमान १८ औं र युएई १९ औं स्थानमा छ । ओडिआई मान्यता गुमेको पपुवा न्युगिनी वरियताबाट पनि हटेको छ । नेपालअघि नेदरल्यान्ड्स १४ औं, आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १२ औं, जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । अष्ट्रेलिया शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

जिम्बावेमा यसै साता सम्पन्न आइसिसी विश्वकप छनोटमा नेपाल ६ मध्य ४ खेलमा पराजित भएपछि वरियता घट्न पुगेको हो । नेपाल समूह चरणमा वेस्टइन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग पराजित भएको थियो । अमेरिकालाई हराएको थियो । प्लेअफमा युएईलाई हराउँदा आयरल्यान्डसँग हार्न पुगेको थियो ।

Published Date: 11 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु