नेपालको वरियता घट्यो

नेपालको वरियता घट्यो : Icon Khabar

काठमाडौँ, असार २६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालको एक स्थान घटेको छ । आइसिसीले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किदै १५ औं स्थाानमा पुगेको छ ।

नेपाल अघि नेदरल्यान्ड्स छ । विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।

नामिबिया १६ औं, अमेरिका १७ औं, ओमान १८ औं र युएई १९ औं स्थानमा छ । ओडिआई मान्यता गुमेको पपुवा न्युगिनी वरियताबाट पनि हटेको छ । नेपालअघि नेदरल्यान्ड्स १४ औं, आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १२ औं, जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । अष्ट्रेलिया शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

जिम्बावेमा यसै साता सम्पन्न आइसिसी विश्वकप छनोटमा नेपाल ६ मध्य ४ खेलमा पराजित भएपछि वरियता घट्न पुगेको हो । नेपाल समूह चरणमा वेस्टइन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग पराजित भएको थियो । अमेरिकालाई हराएको थियो । प्लेअफमा युएईलाई हराउँदा आयरल्यान्डसँग हार्न पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने