‘आरजु र मञ्जुलाई करोडौं बुझाएको भनिएको अडियो थुनामा रहेका सन्देश शर्माको’

‘आरजु र मञ्जुलाई करोडौं बुझाएको भनिएको अडियो थुनामा रहेका सन्देश शर्माको’ : Icon Khabar

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा रकम माग गरेको भन्ने अडियो थुनामा रहेका विचौलिया सन्देश शर्मासँग मिल्दो रहेको प्रहरीले जनाएको छ ।

गत वैशाख अन्तिम साता सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडिओले कांग्रेस नेता बालकृष्ण खाँण हुँदै सभापति शेरबहादुर देउवाको घरभित्रै पुग्ने अवस्था सिर्जना गरेको थियो । उक्त अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्ण खाँण, मञ्जु खाँण र आरजु राणा देउवालाई मुछेका थिए ।

प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका बारेमा दिएको जानकारीअनुसार उक्त स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका दाङ तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग मेल खाएको उल्लेख गरेका छन् ।

कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको भए पनि विवरण प्राप्त हुन नसकेको उनले जनाएका छन् । शर्मा अहिले ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने कडायतले जानकारी गराएका छन् । सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खण्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 July 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति