सुनको भाउ बढ्दो क्रममा

सुनको भाउ बढ्दो क्रममा : Icon Khabar

काठमाडौं, असार २४ । सुनको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। गत शुक्रबार सामान्य घटेको भएपनि आइतबार सुनको भाउ पुनः उकालो लागेको हो। आइतबार पनि तोलामा ७०० रुपैयाँले बढेको छ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आइतबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

Published Date: 09 July 2023


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु