तेश्रो अन्तर क्वान खुल्ला राष्ट्रिय उसु प्रतियोगितामा विपन र अस्मितालाई स्वर्ण

तेश्रो अन्तर क्वान खुल्ला  राष्ट्रिय उसु प्रतियोगितामा विपन र अस्मितालाई स्वर्ण : Icon Khabar

काठमाडौं, असार २१ ।  निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुल्ला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश चौधरी ८.४३ अंकसाथ दोश्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८.४० अंकसाथ तेश्रो भए ।

अस्मिताले ८.३८ अंक जोडिन् । बुलबुलेकी आशा शाही ८.२१ अंकसहित दोश्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६.७० अंकसहित तेश्रो बने ।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहा मगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुगे । कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले कांस्य जिते । पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गरे । वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने