तेश्रो अन्तर क्वान खुल्ला राष्ट्रिय उसु प्रतियोगितामा विपन र अस्मितालाई स्वर्ण

तेश्रो अन्तर क्वान खुल्ला  राष्ट्रिय उसु प्रतियोगितामा विपन र अस्मितालाई स्वर्ण : Icon Khabar

काठमाडौं, असार २१ ।  निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुल्ला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश चौधरी ८.४३ अंकसाथ दोश्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८.४० अंकसाथ तेश्रो भए ।

अस्मिताले ८.३८ अंक जोडिन् । बुलबुलेकी आशा शाही ८.२१ अंकसहित दोश्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६.७० अंकसहित तेश्रो बने ।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहा मगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुगे । कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले कांस्य जिते । पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गरे । वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ तेश्रो भए ।

Published Date: 06 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु