चीनतर्फ भन्सार नाकामा सहज बनाउन सरकारसँग जुत्ता चप्पल व्यवसायीको माग

चीनतर्फ भन्सार नाकामा सहज बनाउन सरकारसँग जुत्ता चप्पल व्यवसायीको माग : Icon Khabar

काठमाडौं, असार २१ । चीनबाट आउने सामान भन्सार सहज बनाउन माग गर्दै जुत्ता चप्पल व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीवार नेपाल जुत्ता चप्पल आयात संघले पछिल्लो एक सातादेखि चीनबाट आउने जुत्ता चप्पल लगायतमा सामानहरु भन्सार पास नभएको भन्दै भन्सार सहजिकरण गरिदन अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । संघले राज्यले ठ्रूलो मात्रामा राजश्व गुमाएको अवस्थामा भन्सारबाट अवैधरुपमा सामान भित्रिएको बताएको छ । संघका अध्यक्ष थानेश्वर ज्ञवालीले केरुङ भन्सार नाका लगायत अन्य विभिन्न नाकाबाट अवैधहरुमा जुत्ता चप्पल नेपाल आउँदा भन्सार तिरेर कानून बमोजिम आयात गर्ने व्यवसायीहरु मर्कामा परेको बताए । उनले भन्सार नतिरी सामान आयात गर्नेसँग वास्तविक व्यवसायीहरुले प्रतिस्पर्धा समेत गर्न नसक्ने अवस्थामा रहेको बताए ।

उनले नेपाल चीन व्यापारी नाका केरुङ नाकामाबाट नेपाल भित्रिने सामानहरु एक साता देखि भन्सार हुन सक्दा व्यवसायीहरु मारमा परेको बताए । उनले अर्थ मन्त्रीसँगको भेटमा अर्थमन्त्रीले भन्सार अवरोध तथा अवैध सामान आयातको विषयमा अनुगमन समिति बनाएर छानविन गर्ने बताएको जानकारी दिए । अध्यक्ष ज्ञवालीले नेपालमा दर्ता नभएका विभिन्न ब्राण्डका लोगोहरुमा सक्कली लोगो सहर भन्सार लिने गरेको बताए । उनले सरकारले यो विषयमा उचित अनुगमन गरी सरकारको सन्दर्भ मूल्यको दरमा भन्सार जाँच पास हुनु पर्ने संघको माग रहेको बताए ।

ज्ञापनपत्र बुझाउन सहभागी नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले भन्सार नाकामा अवैध रुपमा हुने सामान आयातले राज्यलाई नै घाटा हुने बताए । उनले राज्यले अवैध रुपमा हुने जुत्ता चप्पल आयात र नक्कली ब्राण्डका सामान बिक्रिवितरण रोक लगाउन आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय ब्राण्डका निक एडिडास,पुना लगायतका जुत्ता उत्पादन गरी बिल जारी नगरी बेचविखन गर्ने समूह सक्रिय रहेको बताए । उनले सरकारले प्रभावकारी अनुगमन गरी नियन्त्रण गर्नु पर्ने बताए ।

संघले सरकारले चाइनीज जुत्ता चप्पलाई २ देखि ५ डलर मूल्यमा खरिद गरेको सामानमा ८ डलर मूल्याङकन गरी भन्सार लिने गरेको भन्सार शुल्क कम गर्न अर्थमन्त्रीसँग माग गरेको छ । व्यवसायीहरुले तेस्रो मुलुकमा नै आफ्नो लोगो राखि जुत्ता चप्पल आयात गरी मुलुक भित्रै उत्पादन भएको भन्दै बिक्रिवितरण भइरहेको भन्दै त्यसको पनि सरकारले अनुगमन गर्न माग गरेको छ । त्यस्तै संघले आगामी आर्थिक वर्ष देखि लागू हुन लागेको आयातकर्ता र खरितकर्ताको सम्पूणर् विवरण राख्नु पर्ने व्यवस्था खारेज गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु