पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी सेमिफाईनलमा

पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, असार १९ । पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाईनलमा प्रवेश गरेका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव थापा दाजुभाईले उपाधीका लागि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै सेमिफाईनलमा थापा दाजुभाई संगको भेट पक्का गरेका हुन् ।

जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१–८, २१–९ ले पराजित गर्दै सेमिफाईनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी संगको भेट पक्का गरेका हुन् । दिलमान र यज्ञको जोडीले कर्ण थापा र एल.बि. साँवा लिम्बुको जोडीलाई २१–१९, १४–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

यस अघि प्रतियोगिताको पूर्व प्रधामन्त्री एवं नेकपा एमोलेका अध्यक्ष के.पी. शर्मा वली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापती एवं मन्त्री धनराज गुरुङ्गको उपस्थिती रहेको थियो । यस्तै अध्यक्ष के.पी. शर्मा वलीले प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यलाई सटल कक हस्तान्तरण गरेका थिए ।

महासंघले राजनीतिककर्मी विच विभिन्न समयमा हुने कटाक्ष र बैमनस्यतालाई खेलकुदको माध्ययमले एकै थलोमा ल्याई भाईचारा कायम गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरु गरि ६४ जोडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts