पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी सेमिफाईनलमा

पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, असार १९ । पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाईनलमा प्रवेश गरेका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव थापा दाजुभाईले उपाधीका लागि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै सेमिफाईनलमा थापा दाजुभाई संगको भेट पक्का गरेका हुन् ।

जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१–८, २१–९ ले पराजित गर्दै सेमिफाईनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी संगको भेट पक्का गरेका हुन् । दिलमान र यज्ञको जोडीले कर्ण थापा र एल.बि. साँवा लिम्बुको जोडीलाई २१–१९, १४–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

यस अघि प्रतियोगिताको पूर्व प्रधामन्त्री एवं नेकपा एमोलेका अध्यक्ष के.पी. शर्मा वली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापती एवं मन्त्री धनराज गुरुङ्गको उपस्थिती रहेको थियो । यस्तै अध्यक्ष के.पी. शर्मा वलीले प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यलाई सटल कक हस्तान्तरण गरेका थिए ।

महासंघले राजनीतिककर्मी विच विभिन्न समयमा हुने कटाक्ष र बैमनस्यतालाई खेलकुदको माध्ययमले एकै थलोमा ल्याई भाईचारा कायम गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरु गरि ६४ जोडीको सहभागिता रहेको थियो ।

Published Date: 04 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी