नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै एसईईको नतिजा सार्वजनिक हुने

नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै एसईईको नतिजा सार्वजनिक हुने : Icon Khabar

काठमाडौँ, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै सार्वजनिक गर्ने भएको छ ।

सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको बोर्डका एक सदस्यले जानकारी दिए । बैठकले मोरङलगायत विभिन्न जिल्लाबाट परीक्षामा सहभागी नक्कली परीक्षार्थीको नतिजा रद्ध गर्ने निर्णयसमेत गरेको छ ।

सोमबारको बैठकमा परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा तयारीको वि षयमा बोर्डका पदाधिकारीहरुलाई ब्रिफिङ गरेका थिए । उनले यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताउँदै आएका छन् । आगामी शुक्रबारसम्म नतिजा सार्वजनिक हुने बताएको छ।

Published Date: 03 July 2023


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु