खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू : Icon Khabar

काठमाडौं, असार १४ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विसका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको बताए ।

आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको प्रष्ट पार्दै ढिला गरी आफू मन्त्री नियुक्त हुँदा भनेजस्तो गरी कार्यक्रम र बजेट भने नआएको बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको पहलमा मन्त्री निवास पुल्चोकमै विभिन्न खेलकुद संघका पदाधिकारीलाई भेटका क्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् ।

सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले खेलकुदको पछिल्लो अवस्थाबारे अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने