खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू : Icon Khabar

काठमाडौं, असार १४ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विसका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको बताए ।

आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको प्रष्ट पार्दै ढिला गरी आफू मन्त्री नियुक्त हुँदा भनेजस्तो गरी कार्यक्रम र बजेट भने नआएको बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको पहलमा मन्त्री निवास पुल्चोकमै विभिन्न खेलकुद संघका पदाधिकारीलाई भेटका क्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् ।

सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले खेलकुदको पछिल्लो अवस्थाबारे अवगत गराएका थिए ।

Published Date: 29 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग