भोलिदेखि सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० संचालन हुने

भोलिदेखि सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० संचालन हुने : Icon Khabar

भक्तपुर, असार १४ । राष्ट्रिय धान दिवसको अवसरमा भोलिदेखि तीनदिने ‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला–२०८०’  संचालन हुने भएको छ । दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि आर्थिक विकास एक महत्वपूर्ण सूचक भएको कुरा महशुस गर्दै सूर्यविनायक नगरपालिकाको आयोजना घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा आयोजना हुन लागेको हो । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादनक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको हो ।

भोलि असार १५ गतेदेखि १७ गतेसम्म संचालन हुने मेलामा घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिनेछ । त्यसै सूर्यविनायकका लघु, घरेलु,साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशि औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ( जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहनेछन् । तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

आज भएको पत्रकार सम्मेलनमा नगर प्रमुख थापाले भने “सूर्यविनायकले पहिलो पटक यस प्रकारको मेला आयोजना गर्दैछ, हाम्रो नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवर्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै यहाँका उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोडने उद्देश्यका यो मेलाको आयोजना गर्न लागेका हौँ ।”

त्यसै उपप्रमुख सरिता भट्टराईले मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्दै दिगो बिकासको लक्ष्य हासिल गर्न मेलाले टेवा पुग्ने विश्वास लिएको बताए ।

मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तक्र्रिया आयोजना गरिने बताए । जसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताए । मेलामा स्टल र अवलोकन निशुल्क गरिएको बताए ।

मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायिहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिएको बताए । स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भइ पर्यटन उद्योगलाई जोड्ने अपेक्षा रहेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts