फ्रान्समा प्रहरीको गोलीले एक युवकको मृत्यु पछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिँदै

फ्रान्समा प्रहरीको गोलीले एक युवकको मृत्यु पछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिँदै : Icon Khabar

काठमाडौं, असार १४ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।

गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो।गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताएका छन्।

फ्रान्सका मिडियाका अनुसार प्रहरीले सुरुमा प्रहरीलाई कारले ठक्कर दिने उद्देश्यले नजिक आएपछि गोली चलाउनुपरेको बताएको थियो। तर सो घटनाको भिडियोमा प्रहरीले गाडीको झ्यालबाट युवकलाई पेस्तोल ताक्दै नजिक गएको र गोली हानेको देखिएको छ। समाचार एजेन्सी एएफपीले यो भिडियो फुटेजको सत्यता पुष्टि गरेको छ।

Published Date: 29 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी