फ्रान्समा प्रहरीको गोलीले एक युवकको मृत्यु पछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिँदै

फ्रान्समा प्रहरीको गोलीले एक युवकको मृत्यु पछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिँदै : Icon Khabar

काठमाडौं, असार १४ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।

गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो।गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताएका छन्।

फ्रान्सका मिडियाका अनुसार प्रहरीले सुरुमा प्रहरीलाई कारले ठक्कर दिने उद्देश्यले नजिक आएपछि गोली चलाउनुपरेको बताएको थियो। तर सो घटनाको भिडियोमा प्रहरीले गाडीको झ्यालबाट युवकलाई पेस्तोल ताक्दै नजिक गएको र गोली हानेको देखिएको छ। समाचार एजेन्सी एएफपीले यो भिडियो फुटेजको सत्यता पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति