१४७,००० भन्दा बढी बालबालिकालाई दादुरा, रुबेला विरुद्धको खोप लगाइयो

१४७,००० भन्दा बढी बालबालिकालाई दादुरा, रुबेला विरुद्धको खोप लगाइयो : Icon Khabar

दोधारा चाँदनी, असार १३ । कञ्चनपुर जिल्लाका एक लाख ४७ हजारभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले असार दोस्रो सातादेखि सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० प्रतिशतभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले कार्यालयले ६ महिनादेखि १५ वर्षसम्मका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको बताए ।

‘कुल १ लाख ४७ हजार ४५३ बालबालिकाले दादुरा र रुबेला विरुद्धको खोप लिएका छन्, जुन हाम्रो लक्ष्यभन्दा बढी हो’, उनले भने ।

छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार ३९३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षसम्मका एक लाख ८ हजार ६० बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले खोप अभियानका लागि जिल्लाभर ५ सय ६५ केन्द्र तोकेको थियो । दुई महिनाअघि कृष्णपुर नगरपालिकामा ३३ जना दादुराबाट पीडित भेटिएपछि कार्यालयले खोप अभियान सुरु गरेको हो ।

सरकारले सन् २०२६ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

Published Date: 28 June 2023
ताजा
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता