१४७,००० भन्दा बढी बालबालिकालाई दादुरा, रुबेला विरुद्धको खोप लगाइयो

१४७,००० भन्दा बढी बालबालिकालाई दादुरा, रुबेला विरुद्धको खोप लगाइयो : Icon Khabar

दोधारा चाँदनी, असार १३ । कञ्चनपुर जिल्लाका एक लाख ४७ हजारभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले असार दोस्रो सातादेखि सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० प्रतिशतभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले कार्यालयले ६ महिनादेखि १५ वर्षसम्मका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको बताए ।

‘कुल १ लाख ४७ हजार ४५३ बालबालिकाले दादुरा र रुबेला विरुद्धको खोप लिएका छन्, जुन हाम्रो लक्ष्यभन्दा बढी हो’, उनले भने ।

छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार ३९३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षसम्मका एक लाख ८ हजार ६० बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले खोप अभियानका लागि जिल्लाभर ५ सय ६५ केन्द्र तोकेको थियो । दुई महिनाअघि कृष्णपुर नगरपालिकामा ३३ जना दादुराबाट पीडित भेटिएपछि कार्यालयले खोप अभियान सुरु गरेको हो ।

सरकारले सन् २०२६ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts


ताजा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
मंहगो भाडा लिने २७८ जना राइडहरहरु ट्राफिक प्रहरीको कारबाहीमा
सरकार र यातायात व्यवसायीबीच भएन सहमति, भोली पनि बन्द निरन्तर रहने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग