मेची राजमार्गमा फेरि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध

मेची राजमार्गमा फेरि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध : Icon Khabar

पाँचथर, असार १३ । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा फेरि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । मंगलबार राति हेवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि फेरि सवारी आवागमन अवरुद्ध भएको छ ।

सवारी आवागमन सुचारु गर्न मंगलबारदेखि नै डाइभर्सन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी आवागमन अवरुद्ध भएकाले सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ ।

मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडकखण्डको हेवाखोलामा गत असार १ गते आएको बाढीले पुल र सडक बगाएपछि अवरुद्ध भएको थियो । चार दिनको प्रयासमा डाइभर्सन बनाएपछि मंगलबारदेखि सवारी आवागमन सुचारु भएको हो ।

प्रहरीले जोखिमलाई मध्यनजर गर्दै मंगलबार रातिदेखि सवारी आवागमनमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts


ताजा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
मंहगो भाडा लिने २७८ जना राइडहरहरु ट्राफिक प्रहरीको कारबाहीमा
सरकार र यातायात व्यवसायीबीच भएन सहमति, भोली पनि बन्द निरन्तर रहने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग