मेची राजमार्गमा फेरि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध

मेची राजमार्गमा फेरि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध : Icon Khabar

पाँचथर, असार १३ । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा फेरि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । मंगलबार राति हेवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि फेरि सवारी आवागमन अवरुद्ध भएको छ ।

सवारी आवागमन सुचारु गर्न मंगलबारदेखि नै डाइभर्सन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी आवागमन अवरुद्ध भएकाले सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ ।

मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडकखण्डको हेवाखोलामा गत असार १ गते आएको बाढीले पुल र सडक बगाएपछि अवरुद्ध भएको थियो । चार दिनको प्रयासमा डाइभर्सन बनाएपछि मंगलबारदेखि सवारी आवागमन सुचारु भएको हो ।

प्रहरीले जोखिमलाई मध्यनजर गर्दै मंगलबार रातिदेखि सवारी आवागमनमा रोक लगाएको हो ।

Published Date: 28 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय