तोकिएको समयभित्र सरुवा आदेश नमान्ने निजामती कर्मचारीलाई कारबाही हुने

तोकिएको समयभित्र सरुवा आदेश नमान्ने निजामती कर्मचारीलाई कारबाही हुने : Icon Khabar

काठमाडौं, असार १२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र सरुवा आदेश नमान्ने निजामती कर्मचारीलाई तलब भत्ता असुलीलगायत विभागीय कारबाही गर्ने भएको छ । ।

त्यसैगरी सरुवा भएका कर्मचारीको हाजिरी नलिने स्थानीय तहको कोष पनि रोक्का गर्ने तयारी भइरहेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०८० माथिको विभिन्न विषयमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी दिनमा कर्मचारीको सरुवा र पदस्थापना गर्ने व्यवस्था मिलाइने स्पष्ट पारे । ।

मन्त्री मोदीले कर्मचारीको सरुवा र असाइनमेन्ट बाँडफाँडलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको सदनलाई जानकारी गराए ।

उनले स्थानीय तहको कार्यपालिकाको निर्णय र सिफारिस बमोजिम पहाडी तथा तराई जिल्लाका विशेष परिस्थितिमा मात्र स्थानीय तहमा कार्यरत ज्येष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइने बताए ।

त्यसैगरी बढुवा र खुला प्रतिस्पर्धाबाट आएका उपसचिव र सहसचिवको पहिलो नियुक्ति स्थानीय तहमा गर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले असार मसान्तबाट स्वचालित र अनुमानित स्थानान्तरण प्रणाली लागू गर्न कार्यदल पनि गठन गरेको छ ।

Published Date: 27 June 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक