मंगलबार सुनको मूल्य प्रतितोला रू २०० ले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला रू २०० ले बढ्यो : Icon Khabar

काठमाडौं, असार १२ । सुनको भाउ लगातार ३ दिन बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ४०० र २०० रुपैयाँले बढेको थियो ।यसअघि सोमबार सुनको मूल्य १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२८.७५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२.९४ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 27 June 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक