नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट : Icon Khabar

काठमाडौँ, असार ११ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । आज असार ११ गते (सोमबार) अलफ्ट होटल, ठमेलमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ९९ हजार ७२७ जनाको आवेदन परेको छन् । त्यस मध्ये ६ हजार ९२० जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार १२ लाख २७ हजार ५६९ जनाको योग्य आवेदन परेका हुन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अुनसार योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्येबाट पनि भाग्यमानी एकजनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो।

कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँट गरिएको हो ।

Published Date: 26 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी