काठमाडौं, असार ११ । सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि आइतबार सुनको मूल्य १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको भाउ तोलाको १३ सय ५० रुपैयाँ कायम रहेको थियो ।
Published Date: 26 June 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1