नेपालविरुद्ध पुरन र होपको शतक

नेपालविरुद्ध पुरन र होपको शतक : Icon Khabar

काठमाडौं, असार ७ । वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध शतक हानेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको छ ।

निकोलस पुरन ८१ बलमा ९ चौका र ४ छक्कासहित १ सय रनमा नट आउट छन् । हाई होप १ सय ८ बलमा ७ चौका र २ छक्कासहित १ सय २ रनमा खेलेका छन् ।

पुरनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध १ सय १८ रनको शतकीय इनिङ खेलेपछि पहिलो पटक शतक हानेका हुन् ।

होपको यो ओडिआई करिअको १५ औं शतक हो । होपले १ सय ७ र पूरनले ८१ बलमा शतक पूरा गरेका थिए । चौथो विकेटका लागि पुरन र होपले १ सय ८६ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल तर्फ अघि बढाएका छन् ।

नेपालले वेस्ट इन्डिजका प्रमुख ब्याटर निकोलस पुरनलाई ब्यक्तिगत तीन र ५४ रनमा जीवनदान दिँदै ठूलो गल्ती गरेको थियो । रनमै जीवनदान दिएको थियो । त्यसपछि वेस्ट इन्डिजले खेलमा राम्रो पूनरागमन गरेको छ ।

स्पिनर ललित नारायण राजवंशीको १७ औं ओभरको अन्तिम बलमा पुरनको एज लागेको बल विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए ।

पुरनले ब्यक्तिगत ५४ रनमा जीवनदान पाएका थिए । करणको ३४ औं ओभरको चौथो बलमा एज लागेको बल आसिफ शेखले पुन छाड्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने