बिहीबार नेप्से परिसूचक सामान्य ४.७५ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक सामान्य ४.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ७ । बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला तीन कारोबार दिन निरन्तर घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो। आज नेप्से परिसूचक ४.७५ अंक बढेर २०५५.५३ विन्दुमा पुगेको छ।

आज २७६ स्टकको ५६ हजार ५५६ पटकको कारोबारमा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम १४ करोड नाघेको छ।

Published Date: 22 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग