बिहीबार नेप्से परिसूचक सामान्य ४.७५ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक सामान्य ४.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ७ । बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला तीन कारोबार दिन निरन्तर घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो। आज नेप्से परिसूचक ४.७५ अंक बढेर २०५५.५३ विन्दुमा पुगेको छ।

आज २७६ स्टकको ५६ हजार ५५६ पटकको कारोबारमा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम १४ करोड नाघेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts