ललितपुर महानगरपालिकाले कक्षा ३ सम्म नेपाल भाषा पढाउने

ललितपुर महानगरपालिकाले कक्षा ३ सम्म नेपाल भाषा पढाउने : Icon Khabar

काठमाडौं, असार ६ । ललितपुर महानगरपालिकाले कक्षा ३ सम्म नेपाल भाषा पढाउने भएको छ।

महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै महानगरका मेयर चिरिबाबु महर्जनले स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयार गरी लागु गरिने घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममका अनुसार प्रत्येक वर्ष माथिल्ला कक्षाहरू नेपाल भाषाका कक्षाहरु थप गर्दै लगिनेछ। ‘महानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा नेपाल भाषाको पठनपाठन सञ्चालन गर्न प्रत्येक विद्यालयमा एक शिक्षकको व्यवस्था गरिनेछ,’ कार्यक्रममा भनिएकोछ।

Published Date: 21 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग