नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै : Icon Khabar

काठमाडौं, असार ७ । नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १२ : १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् । चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजमा विश्व स्तरिय टि२० ब्याटरको बाहुल्यता छ । वेस्ट इन्डिज नेपालमाथि रनको वर्षा गराउन चाहन्छ ।

तर पछिल्लो समय एसोसिएट क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै वेस्ट इन्डिजलाई स्तब्ध पार्न खोज्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।

वेस्ट इन्डिजको टोली :

शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।

Published Date: 22 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक