साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित : Icon Khabar

बेंगलोर, असार ६ । नेपाल साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।

यससँगै नेपाल कुवेतविरुद्धका १० खेलमा जितविहीन रह्यो । जितसँगै कुवेतले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपाललाई अगाडि बढ्न बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ ।

नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, साविक विजेता भारत र पाकिस्तान छ । कुवेत आन्त्रित टोलीको रुपमा साफमा सहभागी भएको हो । नेपालले दोस्रो खेल शनिबार आयोजक भारत र अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2023
Website | + posts