साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित : Icon Khabar

बेंगलोर, असार ६ । नेपाल साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।

यससँगै नेपाल कुवेतविरुद्धका १० खेलमा जितविहीन रह्यो । जितसँगै कुवेतले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपाललाई अगाडि बढ्न बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ ।

नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, साविक विजेता भारत र पाकिस्तान छ । कुवेत आन्त्रित टोलीको रुपमा साफमा सहभागी भएको हो । नेपालले दोस्रो खेल शनिबार आयोजक भारत र अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

Published Date: 21 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग