हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा दायर

हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा दायर : Icon Khabar

काठमाडौँ, असार ६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णयविरुद्ध नेपाल चलचित्र संघले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकाे छ । संघले बुधबार काठमाडौंनगरमा हिन्दी चलचित्र प्रदर्शन गर्न दिन अन्तरिम आदेश पनि माग गरेकाे छ ।

मेयर बालेनले हिन्दी चलचित्र “आदिपुरुष’को विवादित संवाद नहटाएसम्म चलचित्र प्रदर्शन गर्नमा राेक लगाउने निर्णय गरेका थिए । उनले ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरका हलमा हिन्दी चलचित्र संचालन नगर्न निर्देशन दिएका थिए ।

बालेनले गरेकाे उक्त निर्णय कानुन विपरीत भएकाे भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

Published Date: 21 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग