राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, असार ४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दे अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा अर्थमन्त्री डा. महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए ।

अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै उनले सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन निर्देशन दिए । मूल्य अभिवृद्धि कर राजस्वको महत्वपूर्ण पक्ष भएको भन्दै अर्थमन्त्रीले तरकारी र फलफूलको आयातमा मात्र कर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने