राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, असार ४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दे अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा अर्थमन्त्री डा. महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए ।

अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै उनले सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन निर्देशन दिए । मूल्य अभिवृद्धि कर राजस्वको महत्वपूर्ण पक्ष भएको भन्दै अर्थमन्त्रीले तरकारी र फलफूलको आयातमा मात्र कर लाग्ने बताए ।

Published Date: 19 June 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु