अमेरिकी विदेशमन्त्री ब्लिंकन दुईदिने भ्रमणका लागि चीनमा, ५ वर्ष पछि चीनमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण

अमेरिकी विदेशमन्त्री ब्लिंकन दुईदिने भ्रमणका लागि चीनमा, ५ वर्ष पछि चीनमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण : Icon Khabar

बेइजिङ, असार ४ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन दुईदिने भ्रमणका लागि आइतबार चीन पुगेका छन् । पछिल्लो ५ वर्षमा चीनमा अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो । ब्लिंकन सन् २०२१ मा जो बाइडेन राष्ट्रपति भएपछि उनको मन्त्रिपरिषद्बाट चीन भ्रमण गर्ने पहिलो मन्त्री पनि बनेका छन् ।

विदेशमन्त्री ब्लिंकनले गत फेब्रुअरीमा चीनको भ्रमण गर्ने कार्यक्रम तय भए पनि अमेरिकी आकाशमा चीनसँग जोडिएको शंकास्पद बेलुन देखिएपछि यात्रा रद्द भएको थियो । त्यसको पाँच महिनापछि भएको भ्रमणका क्रममा उनले आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री किन गाङसँगै चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता सुरु गरेका छन् ।

विश्वका दुई शक्तिशाली देश अमेरिका र चीनबीच लामो समयदेखि व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षालगायत विभिन्न क्षेत्रमा तनाव छ । त्यही तनाव शान्त पार्नु नै ब्लिंकनको भ्रमणको उद्देश्य हो । यद्यपि, दुई देशबीचका मतभेदहरू झनै बढिरहेकाले द्विपक्षीय सम्बन्धमा तत्काल सुधार हुने सम्भावना भने न्यून रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ । ब्लिंकनले भ्रमणका क्रममा चिनियाँ हिरासतमा रहेका अमेरिकी नागरिकको रिहाइका लागि पनि छलफल गर्नेछन् ।

पछिल्लो समय अमेरिका र चीनबीच हिन्द प्रशान्त क्षेत्रमा उपस्थिति, ताइवान र रुस–युक्रेन युद्धको विषयमा मतभेद रहँदै आएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई अमेरिकाले अन्य देशहरूको सहयोगमा रोक्ने प्रयास गर्दै आएको छ । अर्कोतर्फ ताइवान र अमेरिकाको बढ्दो सम्बन्धप्रति चीनले आपत्ति जनाउँदै आएको छ ।

रुस–युक्रेन युद्धमा भने चीनले रुसलाई साथ दिइरहेको छ, जब कि अमेरिकासहित पश्चिमा देशहरू भने युक्रेनको पक्षमा छन् । दुवै पक्षले भ्रमणबाट द्विपक्षीय सञ्चार सुधार र द्वन्द्व रोक्न सफल हुनेमा जोड दिएका छन् ।

Published Date: 19 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली