अमेरिकी विदेशमन्त्री ब्लिंकन दुईदिने भ्रमणका लागि चीनमा, ५ वर्ष पछि चीनमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण

अमेरिकी विदेशमन्त्री ब्लिंकन दुईदिने भ्रमणका लागि चीनमा, ५ वर्ष पछि चीनमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण : Icon Khabar

बेइजिङ, असार ४ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन दुईदिने भ्रमणका लागि आइतबार चीन पुगेका छन् । पछिल्लो ५ वर्षमा चीनमा अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो । ब्लिंकन सन् २०२१ मा जो बाइडेन राष्ट्रपति भएपछि उनको मन्त्रिपरिषद्बाट चीन भ्रमण गर्ने पहिलो मन्त्री पनि बनेका छन् ।

विदेशमन्त्री ब्लिंकनले गत फेब्रुअरीमा चीनको भ्रमण गर्ने कार्यक्रम तय भए पनि अमेरिकी आकाशमा चीनसँग जोडिएको शंकास्पद बेलुन देखिएपछि यात्रा रद्द भएको थियो । त्यसको पाँच महिनापछि भएको भ्रमणका क्रममा उनले आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री किन गाङसँगै चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता सुरु गरेका छन् ।

विश्वका दुई शक्तिशाली देश अमेरिका र चीनबीच लामो समयदेखि व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षालगायत विभिन्न क्षेत्रमा तनाव छ । त्यही तनाव शान्त पार्नु नै ब्लिंकनको भ्रमणको उद्देश्य हो । यद्यपि, दुई देशबीचका मतभेदहरू झनै बढिरहेकाले द्विपक्षीय सम्बन्धमा तत्काल सुधार हुने सम्भावना भने न्यून रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ । ब्लिंकनले भ्रमणका क्रममा चिनियाँ हिरासतमा रहेका अमेरिकी नागरिकको रिहाइका लागि पनि छलफल गर्नेछन् ।

पछिल्लो समय अमेरिका र चीनबीच हिन्द प्रशान्त क्षेत्रमा उपस्थिति, ताइवान र रुस–युक्रेन युद्धको विषयमा मतभेद रहँदै आएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई अमेरिकाले अन्य देशहरूको सहयोगमा रोक्ने प्रयास गर्दै आएको छ । अर्कोतर्फ ताइवान र अमेरिकाको बढ्दो सम्बन्धप्रति चीनले आपत्ति जनाउँदै आएको छ ।

रुस–युक्रेन युद्धमा भने चीनले रुसलाई साथ दिइरहेको छ, जब कि अमेरिकासहित पश्चिमा देशहरू भने युक्रेनको पक्षमा छन् । दुवै पक्षले भ्रमणबाट द्विपक्षीय सञ्चार सुधार र द्वन्द्व रोक्न सफल हुनेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति