भक्तपुर जिल्ला बचतद्वारा आयोजित आधारभूत उद्यमशिलता विकास तालिम सम्पन्न

भक्तपुर जिल्ला बचतद्वारा आयोजित आधारभूत उद्यमशिलता विकास तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ४ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिद्धारा आयोजित दुई दिने आधारभूत उद्यमशिलता विकास तालिम सम्पन्न भयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले आधारभूत उद्यमशिलता विकास तालिमले सम्भाव्य उद्यमी र उद्यमीको क्षमता अभिवृद्धि भई आर्थिक विकासमा टेवा पुप्याउने बताए ।

महिला सशक्तिकरणको लागि आर्थिक पक्ष महतवपूर्ण हुने भएकोले उद्यमशीता विकासमा जोड दिनुपर्ने विचार राखे। उनले सहकारीलाई उत्पादनसंग जोड्ने भाषणले मात्र हुदैंन नीतिगत व्यवस्था हुनुपर्ने बताए। उनले हाल सहकारीले उत्पादनमा जोड्ने भन्दा आफ्नो व्यवसायमा अन्धधुन्ध लगानी गरेका कारण समस्या सिर्जना भएको बताए।

उपसमितिका संयोजक कृष्णश्वरी मचामसीको सभापतित्वमा भएको कार्यक्रममा महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनु पर्नेमा जोड दिए। उनले महिलाहरु नेतृत्वमा नपुग्नु आफै अघि नसरेकोले भएको विचार राखे । उनले महिलालाई सक्षम बनाउने उद्वेश्य उद्यमशिलता तालिमको आयोजना गरेको बताए।

प्रशिक्षक संघका व्यवस्थापक बालकृष्ण धोंजुले तालिम अन्तराष्ट्रिय श्रम संगठनको लैगिक र उद्यमशीलता संगसगै तालिमको पाठ्यक्रम बमोजिम ५ दिनको लामो तालिमलाई २ दिनमा दिनु चुनौती पूर्ण रहेको तर सहभागी अनुभवी भएकोले सहज भएको बताए ।

तालिमका प्रशिक्षक सिला गोसाई तालिमले सिक्ने र सिकाउने बाताबरणका साथ अनुभवी उद्यमीहरुको अनुभवको प्रस्तुतीकरणले तालिम जिवन्त भएको बताए । तालिममा तालिमको परिचय, उद्यमशीलतामा महिला र पुरुषको साँस्कृतीक भुमिकाको प्रभाव, व्यवसायीक योजना र व्यवसायका सरल सीपहरुमा १० वटा मोडुलको बारेमा प्रशिक्षण गरियो ।

महिला सशक्तिकरण उपसमिति सदस्य निर्जला ढुगेंलले धन्यवाद मन्तव्य दिए । उपसमितिका सदस्य सूवर्ण प्रभा गूरागाईले तालिमको समापन कार्यक्रम सञ्चालन गरेका थिए । उनले विश्वमा महिलाहरुले आँधी ठांँउ वगतेका महिलाहरु जबसम्म सशक्तिकरण हुदैन तब सम्म देश विकास हुदैन भने।

साथै आफु भित्र लूकेको प्रतिभालाई देखाउन यस उद्यमशिल विकास तालिमले सहयोग गर्ने बताए । सहभागीहरुले तालिम निकै व्यवहारिक र प्रभावकारी रहेको बताए। तालिममा सैद्धान्तीक भन्दा प्रयोगात्मक पक्षलाई ध्यान दिई रमाइलो ढंगबाट तालिम लिन पाएकोमा खुशी व्यक्त गरे। उक्त तालिममा १४ वटा संघमा आवद्ध संस्थाहरुबाट १५ जनाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts