रारा ताल पुग्ने सडक कालोपत्रे हुने, कालोपत्रेका लागि १ करोड बजेट

रारा ताल पुग्ने सडक कालोपत्रे हुने, कालोपत्रेका लागि १ करोड बजेट : Icon Khabar

काठमाडौं, असार २ । पर्यटकीय क्षेत्र रारा ताल पुग्ने सडक कालोपत्रे हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णार्ली प्रदेश सरकारले सो सडक कालोपत्रे गर्ने एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको बजेटमा ताल्चा विमानस्थलदेखि रारासम्मको सडक कालोपत्रे गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2023
Website | + posts