दाजु/बहिनी श्रेष्ठसहित ८ जुडो खेलाडी छनोट

दाजु/बहिनी श्रेष्ठसहित ८ जुडो खेलाडी छनोट : Icon Khabar

काठमाडौं, जेठ ३१ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी बुधबार छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए ।

महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे । इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनीता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2023
Website | + posts




ताजा
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने