सन्दीप एलपिएलमा अनसोल्ड

सन्दीप एलपिएलमा अनसोल्ड : Icon Khabar

काठमाडौं, जेठ ३१ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग(एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् । गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन् ।

सन्दीप वर्तमान समयमा नेपाली क्रिकेट टोलीबाट आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि जिम्बावेमा छन् । सन्दीपलाई गत वर्ष भदौमा एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनी गत फागुनमा मात्रै नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका थिए । मंगलबार राती भने ग्लोबल टि२० क्यानडामा सन्दीपलाई सर्रे जगुआरले किनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2023
Website | + posts




ताजा
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने