सन्दीप एलपिएलमा अनसोल्ड

सन्दीप एलपिएलमा अनसोल्ड : Icon Khabar

काठमाडौं, जेठ ३१ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग(एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् । गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन् ।

सन्दीप वर्तमान समयमा नेपाली क्रिकेट टोलीबाट आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि जिम्बावेमा छन् । सन्दीपलाई गत वर्ष भदौमा एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनी गत फागुनमा मात्रै नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका थिए । मंगलबार राती भने ग्लोबल टि२० क्यानडामा सन्दीपलाई सर्रे जगुआरले किनेको थियो ।

Published Date: 14 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर