दादुराको सङ्क्रमण देशका १६ जिल्लामा देखियो

दादुराको सङ्क्रमण देशका १६ जिल्लामा देखियो : Icon Khabar

काठमाडौं, जेठ ३१ । दादुराको सङ्क्रमण देशका १६ जिल्लामा फैलिसकेको छ भने एक हजार तीन सयभन्दा बढीमा सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरालगायत जिल्लामा यो भाइरसको संक्रमण देखिएको छ । कैलाली, सुनसरी र महोत्तरीमा यो रोग सबैभन्दा बढी देखिएको महाशाखाका निर्देशक डा विवेककुमार लालले बताए । बाँकेको नेपालगञ्जमा यो रोगबाट एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

धनगढी उपमहानगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौशाला नगरपालिका–२ र ५ जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रभावित क्षेत्रमा रोगविरुद्धको खोप अभियान सुरु गरिएको उनले बताए ।

जेठ २३ गते काठमाडौंको गोकर्णेश्वरमा देखिएको रोग नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । हालसम्म प्रभावित जिल्लाबाट ६ महिनादेखि १५ वर्षसम्मका २ लाख १५ हजार ५४ जनालाई खोप लगाइएको छ ।

बालस्वास्थ्य तथा खोप शाखाले असार २३ गते सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगविरुद्धको खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Published Date: 14 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर