१९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस छनोट पूरा

१९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस छनोट पूरा : Icon Khabar

काठमाडौं, जेठ ३० । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ । समान २–२ पुरुष/महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष÷महिलामा समान ६–६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts


ताजा
फिक्स योर साइकल: माउन्टेन बाइक मर्मत तालिमको पहिलो संस्करण सम्पन्न
जापानमा १०० वर्ष उमेर कटेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको घोषणा
रूस र इन्डोनेसियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि नेपालमा किन बढ्यो ?


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)