कपन भेट्रानको विजयी सुरुवात

कपन भेट्रानको विजयी सुरुवात : Icon Khabar

काठमाडौं, जेठ ३० । कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेको छ ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्यो । कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले १ गोल फर्काए ।

चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नुवाकोट दरबार, एसएनकेसी र बूढानीलककण्ठले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा नुवाकोटले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो । नुवाकोटका रुहनमान सिंहले निर्णायक गोल गरे ।

एसएनकेसीले कोटेश्श्वरलाई १०–० को भारी गोलअन्तरले पाखा लगायो । विजेताका सागर थापा र विभोर गुरुङले ह्याट्रिक गरे । सरोज थापाले २ तथा राकेश श्रेष्ठ र प्रदीप लामाले १–१ गोल थपे । सोम तामाङको निर्णायक गोल मद्दतमा बूढानीलकण्ठले जंगवीर युनाइटेडलाई १–० ले पन्छायो ।

प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल असार ४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts






ताजा
भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने
नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो
सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो
कक्षा १२ को नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण