कपन भेट्रानको विजयी सुरुवात

कपन भेट्रानको विजयी सुरुवात : Icon Khabar

काठमाडौं, जेठ ३० । कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेको छ ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्यो । कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले १ गोल फर्काए ।

चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नुवाकोट दरबार, एसएनकेसी र बूढानीलककण्ठले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा नुवाकोटले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो । नुवाकोटका रुहनमान सिंहले निर्णायक गोल गरे ।

एसएनकेसीले कोटेश्श्वरलाई १०–० को भारी गोलअन्तरले पाखा लगायो । विजेताका सागर थापा र विभोर गुरुङले ह्याट्रिक गरे । सरोज थापाले २ तथा राकेश श्रेष्ठ र प्रदीप लामाले १–१ गोल थपे । सोम तामाङको निर्णायक गोल मद्दतमा बूढानीलकण्ठले जंगवीर युनाइटेडलाई १–० ले पन्छायो ।

प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल असार ४ गते हुनेछ ।

Published Date: 13 June 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु