प्रधानमन्त्री दाहाल विरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै

प्रधानमन्त्री दाहाल विरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै : Icon Khabar

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ ।

पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको हो ।

यही जेठ २६ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रधानमन्त्री प्रचण्ड र भट्टराईविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts