मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ३० । सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ तोलाको १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 13 June 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु