कृषि सामाग्रीमा गरिएको भन्सार महसुल बृद्धि स्वदेशी उद्योग संरक्षणका लागि : अर्थमन्त्री डा.महत

कृषि सामाग्रीमा गरिएको भन्सार महसुल बृद्धि स्वदेशी उद्योग संरक्षणका लागि : अर्थमन्त्री डा.महत : Icon Khabar

काठमाडौं, जेठ २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै उत्पादन हुने कृषि सामाग्रीमा मात्रै महसुल वृद्धि गरिएको बताएका छन्।

बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिँदै डा. महतले भने, ‘कोदालो,बेल्चा,गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्ने तर सो बाट तयारहुने वस्तुमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्यवस्तु उत्पादन गर्ने स्वदेशी उद्योग आयातित वस्तु संग प्रतिस्पर्धा गर्न नसकि धरासायी भएको देखिएकाले स्वदेशी उद्योगको प्रवर्द्धधन र संरक्षणको लागी स्वदेशमै तयार हुने यस्ता सामान्य वस्तुमा लाग्ने भन्सार महसुल दर वृद्धि गरिएको हो।’

नेपालमा कृषि औजार कारखाना व्युताउन महाविर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत सम्भार गरिरहेको छ । निजी क्षेत्रबाट पनि यस्ता उद्योग सञ्चालनमा छन् । ती उद्योग संरक्षण गर्नको लागि सरकारले आयातित केही कृषि औजारमा महसुल वृद्धि गरेको डा. महतले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2023
Website | + posts