२०० सिसिको मोटरसाइकलको अन्तशुल्क भने २००० सिसिका कारकै बराबर थियो, त्यसैलाई समायोजन गरियो : अर्थमन्त्री डा.महत

२०० सिसिको मोटरसाइकलको अन्तशुल्क भने २००० सिसिका कारकै बराबर थियो, त्यसैलाई समायोजन गरियो : अर्थमन्त्री डा.महत : Icon Khabar

काठमाडौँ, जेठ २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तशुल्क र २००० सिसिका कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताएका छन्।

बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्‍यास्नलाइज गरिएको बताए ।

‘आर्थिक वर्ष २०७७/७८ मा २०० सि सि भन्दा बढि क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाईकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख सम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थान मात्र पैठारी भई सो बाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ।’ उहाँले भन्नुभयो ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो।’

‘गत आर्थिक वर्षमा २०० सि सि भन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्त:शुल्क मात्र बढेको र अन्त:शुल्कको दर २००० सिसि सम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढि रहेको देखिएकोले आमनागरिकको आवश्यकताको साधन मोटरसाईकलको अन्त:शुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा Rationalized गर्न दर समायोजन गरिएको हो।’ डा. महतले भने।

त्यस्तै २०० सिसि देखि ४०० सिसिका मोटरसाईकलको समूह भित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाईकल मात्र नपरि १ दर्जन भन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जन भन्दा बढि ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाईकल पर्ने पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने