सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ २९ । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको १४ सय ५५ रुपैयाँ कायम रहेको छ ।

Published Date: 12 June 2023
Website | + posts




ताजा
जन्तीमा रक्सी, चुरोट र बियर बोतल बोकेर बजार घुम्नु शान होइन, भक्तपुरको सांस्कृतिक गरिमामाथि प्रश्न हो!
सबैले अवार्ड पाउँदा निरुताले नपाएको त्यो सम्मान, दर्शकको मायालाई नै मानिन् ठूलो पुरस्कार
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका फरार ७ जना पक्राउ
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न