प्रीन्स र रसिला एशियन गेम्सका लागि छनोट

प्रीन्स र रसिला एशियन गेम्सका लागि छनोट : Icon Khabar

काठमाडौं, जेठ २८ । प्रीन्स दाहाल र रसिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९ औ एशियन गेम्सका लागि छनोट भएका छन्  ।

नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका छन । बैकल्पिक खेलाडीमा पुरुष तर्फ बिष्णु कटुवाल र महिला तर्फ अनुमाया राई छनोट भएका छन् ।

चारै खेलाडीको एशियन गेम्सको यात्रा पहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ । कोरियाको इन्चोनमा भएको १७ औ र इन्डोनेसियामा भएको १८ औ एशियन गेम्समा हामी पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनल सम्म पुग्दै पाचौं स्थान हासिल गर्न सफल भएका छौ । तर अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकोले हामी टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौ – अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।

खेलाडीको स्तरलाइ हेर्दा प्रीन्स जुनियर तर्फ विश्व नम्बर एक रहिसकेका छन । यस्तै रसिला जुनियर युगल तर्फ बिश्व छैटौं स्थानमा रहिसकेको संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।

छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का  सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिए ।

Published Date: 11 June 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली