प्रीन्स र रसिला एशियन गेम्सका लागि छनोट

प्रीन्स र रसिला एशियन गेम्सका लागि छनोट : Icon Khabar

काठमाडौं, जेठ २८ । प्रीन्स दाहाल र रसिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९ औ एशियन गेम्सका लागि छनोट भएका छन्  ।

नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका छन । बैकल्पिक खेलाडीमा पुरुष तर्फ बिष्णु कटुवाल र महिला तर्फ अनुमाया राई छनोट भएका छन् ।

चारै खेलाडीको एशियन गेम्सको यात्रा पहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ । कोरियाको इन्चोनमा भएको १७ औ र इन्डोनेसियामा भएको १८ औ एशियन गेम्समा हामी पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनल सम्म पुग्दै पाचौं स्थान हासिल गर्न सफल भएका छौ । तर अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकोले हामी टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौ – अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।

खेलाडीको स्तरलाइ हेर्दा प्रीन्स जुनियर तर्फ विश्व नम्बर एक रहिसकेका छन । यस्तै रसिला जुनियर युगल तर्फ बिश्व छैटौं स्थानमा रहिसकेको संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।

छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का  सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने