ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा : Icon Khabar

काठमाडौं, जेठ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् ।

आज प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै उनले भने, ‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ?’

साथै उनले प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2023
Website | + posts




ताजा
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने