‘परस्त्री’ को ट्रेलर हिन्दी भाषामा पनि सार्वजनिक

नेपालीसँगै हिन्दी भाषामा भारतका सिनेमा हलमा समेत प्रदर्शन हुने

‘परस्त्री’ को ट्रेलर हिन्दी भाषामा पनि सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ २८ । आगामी असार १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयााँ नेपाली फिल्म ‘परस्त्री’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ ।

२ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ । बिफोरयु म्युजिकबाट सार्वजनिक फिल्मको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

गत बिहिबार सार्वजनिक गरिएको फिल्मको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । विशेष गरी अभिनेत्री शिल्पा मास्केको बोल्ड अवतारको चर्चा दर्शकमाझ भैरहेको छ ।

नेपालीसँगै हिन्दी भाषामा भारतका सिनेमा हलमा समेत प्रदर्शन हुन लागेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ ।

डिएस डिजिटको व्यारमा निर्माण भएको फिल्मको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । फिल्ममा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

Published Date: 11 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी