‘परस्त्री’ को ट्रेलर हिन्दी भाषामा पनि सार्वजनिक

नेपालीसँगै हिन्दी भाषामा भारतका सिनेमा हलमा समेत प्रदर्शन हुने

‘परस्त्री’ को ट्रेलर हिन्दी भाषामा पनि सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ २८ । आगामी असार १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयााँ नेपाली फिल्म ‘परस्त्री’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ ।

२ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ । बिफोरयु म्युजिकबाट सार्वजनिक फिल्मको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

गत बिहिबार सार्वजनिक गरिएको फिल्मको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । विशेष गरी अभिनेत्री शिल्पा मास्केको बोल्ड अवतारको चर्चा दर्शकमाझ भैरहेको छ ।

नेपालीसँगै हिन्दी भाषामा भारतका सिनेमा हलमा समेत प्रदर्शन हुन लागेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ ।

डिएस डिजिटको व्यारमा निर्माण भएको फिल्मको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । फिल्ममा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला