प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लियो

प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लियो : Icon Khabar

काठमाडौँ, जेठ २८ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो । खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । पक्राउ परेका को हुन् प्रहरीले खुलाएको छैन ।

Published Date: 11 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर