सगरमाथा हिमाल क्षेत्रमा पनि बढ्यो तापक्रम

सगरमाथा हिमाल क्षेत्रमा पनि बढ्यो तापक्रम : Icon Khabar

काठमाडौँ, जेठ २८ । नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सगरमाथा क्षेत्रमा बस्ती भएका स्थानमा १५ डिग्री सेल्सियसमाथि तापक्रम उक्लिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार त्यस क्षेत्रमा एक सातादेखि वर्षा भएको छैन । चहकिलो घाम लागेको छ । उनले भने, “हिमालको हिउँ कायम हुन यतिखेर वर्षा हुनुपर्ने हो तर भएको छैन । त्यसले चिन्ता थपेको छ ।”

लामो समयसम्म तापक्रम बढ्दै जान थालेमा हिउँ पग्लन थाल्छ । यस्तो अवस्था सिर्जना हुनुलाई राम्रो सूचकका रूपमा लिइँदैन । सगरमाथा आधार शिविरमा जल तथा मौसम विज्ञान विभागले मौसमी अनुगमनका लागि तीन वटा स्टेसन राखेको छ । तर ती राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । महाशाखाका मौसमविद् गोविन्द झाले स्टेसनले काम गर्न नसक्दा त्यस क्षेत्रको तापव्रmमको ठ्याक्कै तथ्याङ्क आउन नसकेको बताउनुभयो ।

स्याङ्बोचे विमानस्थलको तथ्याङ्क अनुसार शनिबारको तापक्रम १४.९ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार १५.२ डिग्री सेल्सियस र बिहीबार १४.९ डिग्री सेल्सियस कायम रह्यो । सन् २०२० पछि तापक्रम मापन स्टेसन राखिएको हो । त्यसयता १६.७ डिग्री सेल्सियसलाई अधिकतम तापक्रम मानिएको छ ।

Published Date: 11 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु