सगरमाथा हिमाल क्षेत्रमा पनि बढ्यो तापक्रम

सगरमाथा हिमाल क्षेत्रमा पनि बढ्यो तापक्रम : Icon Khabar

काठमाडौँ, जेठ २८ । नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सगरमाथा क्षेत्रमा बस्ती भएका स्थानमा १५ डिग्री सेल्सियसमाथि तापक्रम उक्लिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार त्यस क्षेत्रमा एक सातादेखि वर्षा भएको छैन । चहकिलो घाम लागेको छ । उनले भने, “हिमालको हिउँ कायम हुन यतिखेर वर्षा हुनुपर्ने हो तर भएको छैन । त्यसले चिन्ता थपेको छ ।”

लामो समयसम्म तापक्रम बढ्दै जान थालेमा हिउँ पग्लन थाल्छ । यस्तो अवस्था सिर्जना हुनुलाई राम्रो सूचकका रूपमा लिइँदैन । सगरमाथा आधार शिविरमा जल तथा मौसम विज्ञान विभागले मौसमी अनुगमनका लागि तीन वटा स्टेसन राखेको छ । तर ती राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । महाशाखाका मौसमविद् गोविन्द झाले स्टेसनले काम गर्न नसक्दा त्यस क्षेत्रको तापव्रmमको ठ्याक्कै तथ्याङ्क आउन नसकेको बताउनुभयो ।

स्याङ्बोचे विमानस्थलको तथ्याङ्क अनुसार शनिबारको तापक्रम १४.९ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार १५.२ डिग्री सेल्सियस र बिहीबार १४.९ डिग्री सेल्सियस कायम रह्यो । सन् २०२० पछि तापक्रम मापन स्टेसन राखिएको हो । त्यसयता १६.७ डिग्री सेल्सियसलाई अधिकतम तापक्रम मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न