म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको उपाधि

म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको उपाधि : Icon Khabar

काठमाडौं, जेठ २८ ।  इङलिस क्लव म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतवार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो । योसँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुलर्भ इतिहास पनि बनाएको छ । सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

Published Date: 11 June 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै