प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन सर्वोच्चको आदेश

प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयकप्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो।

शुक्रबार सीमित समयमा ठूलो संख्यामा रहेका कानून व्यवसायीहरुबीच बहस व्यवस्थापन गर्न कठिन हुने भएपछि इजलासले आगामी मंगलबार पेशी तोक्न आदेश दिएको छ ।

गत २१ गते न्यायाधीश मनोज शर्माको इजलासले प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2023
Website | + posts