प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन सर्वोच्चको आदेश

प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयकप्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो।

शुक्रबार सीमित समयमा ठूलो संख्यामा रहेका कानून व्यवसायीहरुबीच बहस व्यवस्थापन गर्न कठिन हुने भएपछि इजलासले आगामी मंगलबार पेशी तोक्न आदेश दिएको छ ।

गत २१ गते न्यायाधीश मनोज शर्माको इजलासले प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएका थिए।

Published Date: 09 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु