सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा जाने

सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा जाने : Icon Khabar

काठमाडौँ, जेठ २६ । सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा जाने भएका छन्।

आगामी आर्थिक बर्षको बजेटमा सुनमा लग्दै आएको भन्सार दर ५० प्रतिशतले बढाइएको थियो। यस अघि सुन आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको थियो। तर बजेटले उक्त दर बढाएर १५ प्रतिशत पुर्याएको छ। जुन ५० प्रतिशत हो। अझै सरकारले थप दुई प्रतिशत कर सुनमा थपेको छ। लक्जरी कर भन्दै दुई प्रतिशत कर थपेको हो।

त्यसको प्रभाव समग्र सुन बजारमा देखिने भन्दै सुन व्यवसायी आन्दोलनमा जान लागेका हुन्। उनीहरुले चरणबद्द आन्दोलन गर्ने जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2023
Website | + posts