भक्तपुरका चार नगरपालिकाका विरामीले निःशुल्क रगत पाउने

भक्तपुरका चार नगरपालिकाका विरामीले निःशुल्क रगत पाउने : Icon Khabar

भक्तपुर, जेठ २६ । भक्तपुर जिल्लाका चार नगरपालिकाले बिरामीलाई आवश्यक पर्ने रगतको खर्च व्यहोर्न स्रोतसाधन विनियोजन गरेका छन् ।

यससँगै भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउनेछन् ।

जिल्लाका चारवटै नगरपालिकाले यी स्थानीय तहका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सम्झौता गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका अध्यक्ष मनोजकुमार थापाले सेवा लिन बिरामीका आफन्तले रगतको आवश्यक पर्ने सिफारिस पत्र र स्थायी बसोबासको आधिकारिक परिचयपत्र बुझाउनुपर्ने बताए ।

रगत सेवाको कुल रकम सम्बन्धित स्थानीय तहले नेपाल रेडक्रस सोसाइटीलाई दिने बताइएको छ । “यसले गरिब जनतालाई धेरै सहयोग गरेको छ,” थापाले भने ।

नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाले हालसम्म जिल्लाका एक हजार ६५४ व्यक्तिलाई २ हजार पिन्टभन्दा बढी रगत उपलब्ध गराएको छ ।

Published Date: 09 June 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक