भक्तपुरका चार नगरपालिकाका विरामीले निःशुल्क रगत पाउने

भक्तपुरका चार नगरपालिकाका विरामीले निःशुल्क रगत पाउने : Icon Khabar

भक्तपुर, जेठ २६ । भक्तपुर जिल्लाका चार नगरपालिकाले बिरामीलाई आवश्यक पर्ने रगतको खर्च व्यहोर्न स्रोतसाधन विनियोजन गरेका छन् ।

यससँगै भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउनेछन् ।

जिल्लाका चारवटै नगरपालिकाले यी स्थानीय तहका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सम्झौता गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका अध्यक्ष मनोजकुमार थापाले सेवा लिन बिरामीका आफन्तले रगतको आवश्यक पर्ने सिफारिस पत्र र स्थायी बसोबासको आधिकारिक परिचयपत्र बुझाउनुपर्ने बताए ।

रगत सेवाको कुल रकम सम्बन्धित स्थानीय तहले नेपाल रेडक्रस सोसाइटीलाई दिने बताइएको छ । “यसले गरिब जनतालाई धेरै सहयोग गरेको छ,” थापाले भने ।

नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाले हालसम्म जिल्लाका एक हजार ६५४ व्यक्तिलाई २ हजार पिन्टभन्दा बढी रगत उपलब्ध गराएको छ ।

Published Date: 09 June 2023
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता