बीएमसीए र पृथ्वी सेमिफाइनलमा

बीएमसीए र पृथ्वी सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, जेठ २५ । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन् ।

सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित गर्यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे । गल्र्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो । पृथ्वीकी बविता घिमिरेले १९ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे ।

गल्र्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसीएले बीएमसीएलाई २७–२२ तथा हिमालयन किङडमले ग्रिनल्यान्डलाई ३५–३२ ले पन्छ्याउदै सेमिफइनलमा स्थान बनाए । भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले ९ र हिमालयन किङडमकी छिरिङ डोल्माले ९ स्कोर गरे ।

Published Date: 08 June 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक