नेपाल स्कटल्यान्डसँग पराजित

नेपाल स्कटल्यान्डसँग पराजित : Icon Khabar

काठमाडौं,  जेठ २५ । नेपाल पहिलो  एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन ४१ र ब्रेन्डन म्याकमुलन ५९ रनमा क्रिजमा रहे । नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । नेपालका युवा बायाँ हाते अलराउन्डर कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका ओपनर आसिफ शेख ३६ बलमा ५ चौकासहित २८ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ८.१ ओभरमा ३६ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाएका थिए । कुशल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

भीम सार्की १० बलमा १ चौकासहित ८ रनमा आउट भए । १४ औं ओभरको पहिलो बलमा ज्याक जार्विसले आसिफलाई बोल्ड आउट गरे । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए । रोहित आउट भएपछि नेपाल समस्यामा परेको थियो । रोहित आउट हुँदा नेपाल १३.२ ओभरमा ५८-४ को अवस्थामा थियो ।

ज्ञानेन्द्र मल्ल १७ बलमा ७ रन बनाउँदै क्याच आउट भए । ज्ञानेन्द्र आउट हुँदा नेपाल १५. ३ ओभरमा ७०-५ को अवस्थामा थियो । छैटौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ४३ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने सम्भावना देखाएका थिए ।

टोलीले पाँच विकेट गुमाएपनि कुशल ठूला सटका साथ स्कटल्यान्डलाई दबाबमा राख्दै नेपाललाई राम्रो योगफलको सम्भावना देखाएका थिए । कुशल मल्ल ज्याक जार्विसको २१ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर क्याच आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १३ रनमा क्याच आउट भए । सोमपाल कामी ३, गुलशन झा र आरिफ शेख समान ५ रनमा आउट भए । करण केसी ४ रनमा नटआउट रहे ।

स्कटल्यान्डका ब्रेन्डन म्याकुमलनले ५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । ज्याक जार्विसले ३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक विकेट लिए ।

Published Date: 08 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता