नेपाल स्कटल्यान्डसँग पराजित

नेपाल स्कटल्यान्डसँग पराजित : Icon Khabar

काठमाडौं,  जेठ २५ । नेपाल पहिलो  एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन ४१ र ब्रेन्डन म्याकमुलन ५९ रनमा क्रिजमा रहे । नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । नेपालका युवा बायाँ हाते अलराउन्डर कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका ओपनर आसिफ शेख ३६ बलमा ५ चौकासहित २८ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ८.१ ओभरमा ३६ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाएका थिए । कुशल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

भीम सार्की १० बलमा १ चौकासहित ८ रनमा आउट भए । १४ औं ओभरको पहिलो बलमा ज्याक जार्विसले आसिफलाई बोल्ड आउट गरे । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए । रोहित आउट भएपछि नेपाल समस्यामा परेको थियो । रोहित आउट हुँदा नेपाल १३.२ ओभरमा ५८-४ को अवस्थामा थियो ।

ज्ञानेन्द्र मल्ल १७ बलमा ७ रन बनाउँदै क्याच आउट भए । ज्ञानेन्द्र आउट हुँदा नेपाल १५. ३ ओभरमा ७०-५ को अवस्थामा थियो । छैटौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ४३ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने सम्भावना देखाएका थिए ।

टोलीले पाँच विकेट गुमाएपनि कुशल ठूला सटका साथ स्कटल्यान्डलाई दबाबमा राख्दै नेपाललाई राम्रो योगफलको सम्भावना देखाएका थिए । कुशल मल्ल ज्याक जार्विसको २१ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर क्याच आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १३ रनमा क्याच आउट भए । सोमपाल कामी ३, गुलशन झा र आरिफ शेख समान ५ रनमा आउट भए । करण केसी ४ रनमा नटआउट रहे ।

स्कटल्यान्डका ब्रेन्डन म्याकुमलनले ५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । ज्याक जार्विसले ३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 June 2023
Website | + posts